मुख्य समाचार

बालुवाटारमा नेपाली काँग्रेसको पदाधिकारी बैठक

By खबरहब

February 09, 2022

काठमाडौँ– नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको पनि उनले बताए ।

हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरू आज देउवा निवासमै जान लागेका हुन् ।

देउवाले व्यस्तताको कारण देखाउँदै हिजोको बैठकमा सहभागी हुन नसकेको जनाएका थिए ।

सहमहामन्त्री पाण्डेका अनुसार आज पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको विषय र अन्य समसामयिक विषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ ।