समाचार

सबै नागरिकलाई छिट्टै बुष्टर डोज–स्वास्थ्यमन्त्री खतिवडा

By खबरहब

February 09, 2022

काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुष्टर डोज प्रदान गर्ने बताएका छ्न ।

बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुष्टर डोज केही दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राखे । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खोपको अभाव हुन नदिने बताए । विपन्न वर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको बताए ।