देश/प्रदेश

थप १४ सक्रमितको मृत्यु

By खबरहब

February 09, 2022

काठमाडौँ– नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १६ हजार ३५६ जनाको स्वास्थ्य परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको छ ।

११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ७ हजार ७७७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ ।