फाइल फोटो

राजनीति

मुलुकभन्दा ठूलो गठबन्धन होइन– अध्यक्ष केसी (भिडियोसहित)

By खबरहब

February 09, 2022

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् ।

एमसीसीविरुद्धमा बुधबार काठमाडौँमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए ।

जनमोर्चाले गठबन्धन जोगाउनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए ।

उनले भने, ‘अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेका छन् । एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरे । एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको छ । यस विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्छ ।’

केसीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको आरोप लगाए ।

भिडियो हेर्नुहोस्