अन्तर्राष्ट्रिय

बेलायतमा फेब्रुअरी अन्त्यबाट कोरोना सम्बन्धी सबै प्रतिबन्ध हट्ने

By खबरहब

February 09, 2022

लण्डन– बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेका हुन् ।

उनले फेब्रुअरीको अन्त्यमा बेलायतमा कोरानाभाइरसका प्रतिबन्धहरु हटाइने बताए । प्रधानमन्त्रीको घोषणालाई बेलायती संचार माध्येमहरुले आकस्मिक निर्णय भनेर टिप्पणी गरेका छन् ।

जोनसनको घोषणालाई बेलायती संसदमा तालीद्धारा सबै सांसदहरुले स्वागत गरेका थिए । बेलायतमा ओमिक्रान संक्रमण पछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको विज्ञहरुको सुझावका आधारमा सरकारले सो निर्णय लिएको हो ।