सांकेतिक तस्वीर

ज्याेतिष

भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन

By खबरहब

March 09, 2022

वास्तु अनुसार, यस्ता केही चीज छन् जो घरमा राख्नु अशुभ मानिन्छ । यी चीज घरमा भए घर भित्र अपशकुन हुने मान्यता छ । घरमा राखिएका यी चिजका कारण परिवारमा खराब प्रभाव पर्ने वास्तुको मान्यता छ ।

युद्धको चित्र रामायण होस् वा महाभारत वा कुनै अन्य युद्धको चित्र घरमा राख्नु अशुभ मानिन्छ । यस प्रकारका चित्र घरमा भए परिवारका सदस्यहरू बीच मनमुटाब बढ्ने वास्तुको मान्यता छ ।

काँडादार बोट वास्तु अनुसार सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा घरमा हुनु हुँदैन । गुलाफ बाहेक यस्ता बोट घरमा हुँदा अशुभ हुने मान्यता छ।

यस्ता तस्बिर बिना फलफूलका बिरुवा, डुबेको डुंगा, तलवार, सिकारको दृश्य, इन्द्र जाल, कैद भएको हात्ती, उदास वा रोएको र नग्न तस्बिर कहिल्यै घरमा राख्न नहुने वास्तुको मान्यता छ ।

ताजमहल ताजमहलको कुनै शोपीस वा तस्बिर घरमा राख्नु हुँदैन । यो एक चिहान भएको र मृत्युसँग जोडिएको हुनाले यसलाई वास्तुमा शुभ मानिँदैन ।

जनावरको प्रतिमा वा पेटिंग सुँगुर, सर्प, गधा, उल्लू, चमेरा, गिद्ध, काग वा परेवा जस्ता कुनै पनि पक्षी वा जनावरको तस्बिर वा प्रतिमा घरमा राख्नु शुभ मानिँदैन । वास्तु अनुसार दम्पतीहरूको कोठामा कुनै पनि पशु पक्षीको तस्बिर राख्नु शुभ मानिँदैन ।

दानव वा राक्षस काठ वा धातुबाट बनेको भयानक दानव वा राक्षसको तस्बिर वा मूर्ति घरमा हुनु हुँदैन ।

टुटेको मूर्ति वा सिसा सिसाको टूटेको सामान र चर्केको वा टुटेको भगवान्का मूर्ति घरमा हुनु शुभ मानिँदैन ।