तस्बिर: युक्रेनी राष्ट्रपतिको कार्यालय

अन्तर्राष्ट्रिय

रुसविरुद्धको लडाइ छोड्दैनौँ :  युक्रेनी राष्ट्रपति जेलेन्स्की 

By खबरहब

March 09, 2022

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् ।

बेलायतको संसद् हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौँ ’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो ।