रोचक/विचित्र संसार

८४ वर्षकी गर्लफ्रेण्डलाई अस्पतालबाट भगाउने प्रेमीलाई ७ महिना जेल

By खबरहब

March 09, 2022

प्रेमको कुनै उमेर हुँदैन भन्ने त सुन्नु भएकै होला। यसलाई अष्ट्रेलियाको एक घटनाले फेरि एकपटक साबित गरिदिएको छ। जहाँ ८० वर्षका एक प्रेमीले ८४ वर्षकी गर्लफ्रेण्ड भगाएका छन् ।

डेली मेलको रिपोर्ट अनुसार, अस्ट्रेलिया निवासी ८० वर्षका एक वृद्धले ८४ वर्षकी आफ्नो गर्लफ्रेण्ड लिएर भागे । धेरैलाई लाग्ला, आफ्नी प्रेमिका लिएर भाग्नु अपराध त होइन । राल्फ गिब्स नामक ८० वर्षका ती वृद्ध कैरोल लिस्ले नामक आफ्नी ८४ बर्षिया गर्लफ्रेण्ड यति धेरै माया गर्थे कि अस्पतालमा भर्ना बिमारी गर्लफ्रेण्ड लिएर हिडें ।

राल्फकी गर्लफ्रेण्ड बिरामी भई अस्पताल भर्ना थिइन् । उनी हिँड्न सक्नेसमेत थिइनन् । साथै उनको स्मरण शक्ति समेत कमजोर बनेको थियो । यस्तोमा उनको स्याहार गर्ने व्यक्तिको खाँचो महसुस गरेर राल्फले नियम–कानुन तोडेर गर्लफ्रेण्ड लिएर भागे ।

राल्फ गर्लफ्रेण्ड लिएर पुरै अस्ट्रेलिया घुमे । उनीहरुले करिब ५ किलोमीटरको यात्रा पनि गरे । तर जसै यसको सूचना प्रहरीले पायो तब दुबैलाई पक्राउ गर्यो । जहाँ उनीहरु गाडीमा घुमिरहेका थिए । अस्पतालबाट बिरामी भगाएको आरोपमा राल्फलाई ७ महीनाको जेल सजाय भएको छ।