स्वास्थ्य

सातामा ४ पटक खोर्सानी खानेहरूमा हृदयाघातबाट मर्ने खतरा कम

By खबरहब

March 09, 2022

सातामा कम्तीमा चार पटक खोर्सानी खाने मानिसमा हृदयाघातबाट मृत्यु हुने खतरा ४० प्रतिशतले कम हुने देखिएको छ। इटालीमा गरिएको एक अनुसन्धानमा खोर्सानी खाने मानिस मा हृदयाघातबाट मृत्यु हुने खतरा कम हुने देखिएको हो।

इटालीमा गरिएको अध्ययनमा सहभागीको स्वास्थ्य अवस्था र उनीहरूको खानेकुरा खाने बानीका बारेमा ८ वर्षसम्म अनुगमन गरिएको थियो । जसमा सातामा कम्तीमा चार पटक खोर्सानी खाने मानिसहरूमा हृदयाघातबाट मृत्यु हुने सम्भावना कम देखिएको थियो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित अध्ययन अनुसार खोर्सानी खानेहरू हृदयाघातबाट मर्नेको संख्या आधाभन्दा बढी थियो ।

साथै खोर्सानीको रक्षात्मक असरहरुको प्रणाली पहिचान नगरिएको तथा बढी खुर्सानी खाँदा त्यसले स्वास्थ्यसम्बन्धी थप फाइदा पुग्ने अध्ययनले औंलाएको छ । उक्त अध्ययनमा संलग्न टोलीले स्वास्थ्यलाई फाइदा पुर्‍याउने खोर्सानीको बायोकेमिकल मेकानिजमका बारेमा समेत अध्ययन गर्ने भएको छ ।