सांकेतिक तस्बिर

समाचार

​​​​​​​सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

March 09, 2022

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टीएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागी कर्णाली प्रदेशीक अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।