फाइल फोटो

राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

By खबरहब

March 09, 2022

काठमाडौँ – एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ ।

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।