तस्वीर- एपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार

By खबरहब

March 09, 2022

काठमाडौं- दक्षिण कोरियाली तटरक्षकहरुले उत्तर कोरियाली पानीजहाजमाथि गोली चलाएका छन् ।

मुलुकको विवादास्पद पश्चिमी जलक्षेत्रको ‘उत्तरी निर्धारण रेखा’ पार गरेको उत्तर कोरियाली पानीजहाजमा गोली प्रहार गरेको समाचार संस्था एपीले जनाएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले जनाएअनुसार उक्त उत्तर कोरियाली पानीजहाज जलक्षेत्रमा गस्ती गर्ने क्रममा उत्तर दक्षिण कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको थियो ।

लगत्तै नजिकै रहेका दक्षिण कोरियाली नौसेनाको पानीजहाजबाट चेतावनीस्वरूप गोली प्रहार गरिएको थियो । दक्षिण कोरियाली चेतावनीसँगै उक्त पानीजहाज फिर्ता गएको जनाइएको छ ।

दक्षिण कोरियाको बेर्केयोङ टापुनजिकै भएको भनिएको उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बुझिएको छ ।