तस्वीर- टाइम्स अफ इजरायल

अन्तर्राष्ट्रिय

अमेरिकाले पूर्वी युरोपमा अत्याधुनिक क्षेप्यास्त्र पठाउँदै

By खबरहब

March 09, 2022

काठमाडौं– युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकाले पूर्वी युरोपमा जमिनबाट आकाशमा मार हान्ने अत्याधुनिक क्षेप्यास्त्र प्रणाली पठाउन लागेको खुलासा भएको छ ।

वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार अमेरिकाले पूर्वी युरोपमा रहेका नेटो आबद्ध देशहरुलाई पेट्रियट र टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणाली पठाउन लागेको हो ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र नेटोलाई युक्रेनी आकाशमा रुसी विमानविरुद्ध ‘नो फ्लाई जोन’ घोषणा गर्न बारम्बार आग्रह गर्दै आएका छन् । जेलेन्स्कीको यो आग्रहलाई अमेरिकाले अस्वीकार गरिसकेको छ ।

अमेरिकाले यसअघि नै युक्रेनमा रुसविरुद्ध लड्न सेना नपठाउने स्पष्ट पारिसकेको छ ।