फाइल फोटो

राजनीति

गठबन्धनसँग चुनावी तालमेलको विषय केन्द्रीय समितिले टुंग्याउँछः उपसभापति खड्का

By खबरहब

March 09, 2022

काठमाडौँ– नेपाली काँग्रेसले गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार भएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जानकारी दिएका हुन् ।

सभापति देउवाले चुनावसम्म गठबन्धन रहने बताइसकेको जानकारी दिएका उपसभापति खड्काले चुनावी तालमेलका विषयमा भने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गछौँ,’ उनले भने, ‘अहिले नै तालमेल गर्ने÷नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’

२९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ काँग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत र उपसभापति खड्का उपस्थित थिए ।