आर्थिक

नेविकोले बजारमा ल्यायो नयाँ चार उत्पादन

By खबरहब

March 09, 2022

काठमाडौँ– नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी कम्पनी नेविकोले चार उत्पादनहरू बजारमा ल्याएको छ ।

कम्पनीले बिस्कुटमा डी–५० डाइजेस्टिभ, कुकीजमा नाइस मिल्क कुकीज, खाद्यान्नमा कुरूमकुरूम चिउरा र स्न्याक्समा साल्टेड पिनटस् बजारमा ल्याएको विज्ञप्तिमार्फत् जनाएको हो ।

नेविकोले बिस्कुट, कन्फेक्सनरी, कुकीज, सिरियल्स, स्न्याक्सलगायतका सामग्री उत्पादन गर्दै आएको छ ।

थप प्रोडक्टहरू पनि ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।