तस्वीर- डेली हन्ट

अन्तर्राष्ट्रिय

पाकिस्तानी युवतीले मोदीलाई दिइन् धन्यवाद, कारण यस्तो

By खबरहब

March 09, 2022

काठमाडौं– भारतीय राजदूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी एक पाकिस्तानी युवतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।

भिडियो सन्देशमार्फत भारतीय दूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी पाकिस्तानी युवती आस्मा शफिकले मोदीलाई धन्यवाद दिएकी हुन् । ‘निकै गाह्रो अवस्थामा सहयोग गरेकोमा किभमा रहेको भारतीय राजदूतावासप्रति म कृतज्ञ छु ।’ भिडियोमा उनले भनेकी छिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी प्रति पनि कृतज्ञ छु । आशा गरौँ हामी सुरक्षित घर फिर्नेछौं ।’ भारतीय समाचार संस्था एएनआईले जारी गरेको उनको भिडियो सन्देशमा भनिएको छ ।

हाल उनी पश्चिम युक्रेनतर्फ लागेको र त्यहाँबाट उनी घर फिर्ने स्रोतहरूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट भारतीय दूतावासले आफ्ना नागरिकको उद्धार कार्यलाई तीब्र बनाइरहेको छ । उद्धारका क्रममा भारतले अपरेशन गङ्गाको नामबाट १६ हजार भन्दा धेरै नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ ।