फाईल फोटो

राजनीति

कांग्रेस नागरिक पङ्क्तिबाट सुझाव चाहन्छ – महामन्त्री शर्मा

By खबरहब

March 09, 2022

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक पङ्क्तिबाट कांग्रेसलाई के सुनाउन चाहन्छ र के अपेक्षा राख्दछ भन्ने सम्बन्धमा  वृहत रुपमा सुझाव लिइने बताएका छन्  ।

नेपाली कांग्रेस अभियानमा शर्माले भ्रातृ र शुभेच्छुक संस्थाको भूमिकाका बारेमा स्पष्ट पार्दै , “केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने बताएका छन् ।

केही भ्रातृ सङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा गठन हुनुपूर्व ती सङ्घअन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुनेछन् ।

 भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृतिअनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने महामन्त्री शर्माले जानकारी दिए ।