फाइल फोटो

क्रिकेट

आईसीसी वरियतामा कुशल भुर्तेल २९ औँ स्थानमा 

By खबरहब

March 09, 2022

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा  कुशल २९ औँ स्थानमा उक्लिएका हुन् ।  यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१ औँ स्थानमा थिए । उनको यो वरियता नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट हो ।

वरियताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटर बाबर आजम र मोहम्मद रिजवान छन् ।

यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।