वीरगन्ज- भारतीय महावाणिज्य दूतावासले वीरगन्जमा कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
दूतावासले ‘आजादी का अमृत महोत्सव’को रूपमा वीरगन्जस्थित वाणिज्य दूतावास परिसरमा कार्यक्रम गरेको हो ।
महावाणिज्यदूत नितेश कुमारले कार्यक्रम आयोजनाको महत्व र आवश्यकताबारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरूको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” मा महिलाहरू द्वारा आफ्ना विचारहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे धारणा राखेका थिए ।