शिक्षा

शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ-शिक्षामन्त्री पौडेल  

By खबरहब

March 09, 2022

धादिङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुन अनुसार कार्यान्वयन गर्ने बताएका छन् ।

धादिङको गंगा जमुना गाउँपालिकाको शिवालय र तामाङ खर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको जानकारी दिए ।

शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सबालहरू उठेका छन्’ मन्त्री पौडेलले भने  ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।

संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको उनले बताए ।

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताएका छन्  ।

‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने , ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।