आर्थिक

डकसुमोले ४३ करोडभन्दा बढी बीज पूँजी जुटायो

By खबरहब

March 09, 2022

काठमाडौँ । डकुमेन्ट एआई स्टार्टअप कम्पनी डकसुमोले सीड फण्ड (बीज पूँजी) को रूपमा करिब ४३ करोड १९ लाख रुपैयाँ जुटाएको छ ।

अटोमेसनको सेवा प्रदान गर्दै आइरहेको डकसुमोले विभिन्न भेन्चर क्यापिटल कम्पनीबाट यो फण्ड जुटाएको हो ।

प्राप्त गरेको सीड फण्डबाट नेपाल र भारतमा सयौँंलाई रोजगारी दिने र उत्तर अमेरिकी बजारमा आफ्नो क्लाइन्ट संख्या बढाउने योजना कम्पनीले ल्याएको छ ।

कम्पनीले डकुमेन्ट डेटा क्याप्चर, एनालिटिक्स, फ्रड डिटेक्सन जस्ता कार्यबाट वित्तीय कम्पनीहरूको कार्यालय सञ्चालन तर्फको ७० प्रतिशतसम्मको खर्च कटौती गर्न सहयोग गर्दै आएको छ ।

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र भारतीय रुषभ सेठले तीन वर्षअघि स्थापना गरेका थिए ।

स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ ।