अन्तर्राष्ट्रिय

इजरायलको विकासबाट नेपालले के पाठ सिक्ने ?

By हिमाल कोइराला

April 09, 2022

नेपालमा विकास नहुनुमा १० वर्षे सशस्त्र द्वन्द्वलाई दोष दिने गरिन्छ। १७ हजार भन्दा धेरैको ज्यान जानेगरी भएको सशस्त्र द्वन्द्वपछि अपेक्षाकृत विकास हुन नसकेको एक हिसाबमा जायज पनि छ। यो द्वन्द्वले नेपालको सामाजिक आर्थिक विकासलाई पछि धकेलेको धेरैको मत छ। तर, निरन्तर द्वन्द्व र चारैतिरबाट असहिष्णु मुलुकले घेरिएको पश्चिम एसियाली मुलुक इजरायलले भने जस्तोसुकै कठिनाइका बावजुद पनि देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेको छ। सन् १९४८ मा स्वतन्त्रता पाएयता हालसम्म निरन्तर युद्ध, आतंककारी आक्रमण र असहिष्णु छिमेकीले घेरिएर पनि इजरायलले हासिल गरेको आर्थिक विकासले धेरैको मन लोभ्याउँछ।

इजरायल विश्वको एकमात्र यहूदी मुलुक हो। मध्यपूर्वको एकमात्र उदारवादी लोकतान्त्रिक मुलुक इजरायल विश्वका तीन प्रमुख धर्महरु यहूदी, इस्लाम र इसाईका लागि निकै पवित्र मानिन्छ। सन् १९४८ मा औपचारिक रुपमा स्थापना भएयता भूमिको विषयमा छिमेकी अरब मुलुकसँग इजरायलको धेरैपटक युद्ध भइसकेको छ। इजरायल अझै पनि भूमिको विषयमा प्यालेष्टाइन, सिरिया र अन्य अरब मुलुकसँग द्वन्द्वमा छ। लामो समयसम्म छिमेकी मुलुकसँगको द्वन्द्वका बाबजुद इजरायलको आर्थिक तथा सामाजिकस्तर भने सो क्षेत्रका अरु मुलुकभन्दा उच्च छ।

इजरायल विश्वको एकमात्र यहूदी मुलुक हो। मध्यपूर्वको एकमात्र उदारवादी लोकतान्त्रिक मुलुक इजरायल विश्वका तीन प्रमुख धर्महरु यहूदी, इस्लाम र इसाईका लागि निकै पवित्र मानिन्छ।

अर्थतन्त्र, सामाजिक बनोट र औद्योगिकीकरणको क्षेत्रमा मध्यपूर्वमा सबैभन्दा विकसित मानिन्छ। यहाँको अर्थतन्त्र व्यापक र समृद्ध छ। यहाँको कृषि क्षेत्र पनि उन्नत मानिन्छ। त्यसबाहेक हरेक वर्ष दशौं हजारको संख्यामा नेपालीसहित अन्य विदेशी मुलुकका नागरिक पनि यहाँ रोजगारीका लागि आउने गरेका छन्।

इतिहास इतिहासमा यहूदीहरुले धार्मिक आधारमै दमन, उत्पीडन र भेदभाव व्यहोर्दै आएका थिए। यूरोप, रुस, अरब मुलुक, अमेरिकी महादेश र उत्तर अफ्रिकामा बसोबास गर्दै आएका राज्यबिहीन यहूदीमाथिको दमनका कारण यहूदीहरुले आफ्नै राज्य स्थापनाको अभियान थालेका थिए।

जायोनिस्ट भनिने यस्ता यहूदीहरुले यहूदी धर्मावलम्बीका लागि बेग्लै मुलुक स्थापनाका लागि संघर्ष गर्दै आएका थिए। यहूदी राज्यको स्थापनार्थ जायोनिस्ट अभियान विश्वका धेरै स्थानमा लामो समयदेखि चल्दै आएको थियो।

तैपनि सन् १९ औं शताब्दीको अन्त्यदेखि जायोनिष्ट अभियानले तीब्रता पाएको हो। त्यसबेला पश्चिमा मुलुकका प्रभावशाली तहमा रहेका जायोनिस्टले मध्यपूर्वको ऐतिहासिक भूमि अर्थात् तत्कालीन ओटोमन प्रशासनमा रहेको प्यालेस्टाइनमा यहूदी राज्यका स्थापनाका लागि पहल गरेका थिए।

सोही अनुसार २० औं शताब्दीको सुरुतिर विश्वका विभिन्न भूभागमा दमन र धार्मिक आधारमा उत्पीडन भोगिरहेका यहूदीहरु सो क्षेत्रमा आई नयाँ यहूदी सहरहरुको स्थापना गर्न थालेका थिए।

२० औं शताब्दीको सुरुतिर विश्वका विभिन्न भूभागमा दमन र धार्मिक आधारमा उत्पीडन भोगिरहेका यहूदीहरु सो क्षेत्रमा आई नयाँ यहूदी सहरहरुको स्थापना गर्न थालेका थिए।

पहिलो विश्वयुद्ध कै समयमा विश्वयुद्धमा ओटोमन साम्राज्यका पराजय भएको खण्डमा सो भूमि यहूदी राज्य स्थापनाका लागि दिन सकिने घोषणा गरी तत्कालीन बेलायती विदेशमन्त्री अर्थर बालफरले तत्कालीन समयमा बेलायतका प्रभावशाली जायोनिष्ट व्यक्तित्व लर्ड रोथ्सचाइल्डलाई पत्र लेखेका थिए।

पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्यको हार भएपछि त्यो भूमि बेलायतको प्रशासनमा पुगेको थियो। बालफर घोषणा नाम दिइएको यो पत्रका आधारमा हालको इजरायल रहेको स्थानमा लाखौं यहूदीहरु आएर बसोबास गर्न थालेका थिए।

दोश्रो विश्वयुद्धको क्रममा युरोपमा तत्कालीन जर्मन शासक हिटलरले ६० लाख यहूदीहरुको नरसंहार गरेपछि भने स्वतन्त्र यहूदी राज्य स्थापनाको माग अझ चर्किंदै जान थाल्यो। यही क्रममा दोस्रो विश्वयुद्धपछि इजरायलले बहुसंख्यक यहूदी मुलुकका रुपमा संयुक्त राष्ट्रसंघमार्फत् बेलायतबाट स्वतन्त्रता पायो।

पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्यको हार भएपछि त्यो भूमि बेलायतको प्रशासनमा पुगेको थियो। बालफर घोषणा नाम दिइएको यो पत्रका आधारमा हालको इजरायल रहेको स्थानमा लाखौं यहूदीहरु आएर बसोबास गर्न थालेका थिए।

यहूदी राष्ट्रको रुपमा इजरायलले स्वतन्त्रता पाएलगत्तै सो क्षेत्रमा बसोबास गर्दै आएका अरब र यहूदीबीच युद्ध सुरु गरे। गृह युद्धमा यहूदी पक्षको जीत भयो भने अरबहरुको हार भयो। यसपछि इजरायली भूमिमा बसोबास गर्दै आएका अरब मुसलमान भागेर छिमेकी मुलुक तिर लागे। सो क्षेत्रमा विश्वका विभिन्न भागबाट आउने यहूदीको संख्या पनि बढ्दै गयो।

त्यसपछि छिमेकी अरब मुलुकहरुसँग भएका युद्धपश्चात इजरायलले आफ्नो भूमिलाई विस्तार गर्दै लगेको छ। भूमिकै विषयमा अरब मुलुकहरु र इजरायलबीच अझै पनि स्थिर र शान्तिपूर्ण वातावरण बन्न सकेको छैन।

स्वतन्त्र भएयता इजरायलले सन् १९६७ मा इजिप्ट सिरिया, जोर्डन इराकजस्ता अरब मुलुकहरुविरुद्ध युद्धमा होमिन पुग्यो। यो युद्धमा इजरायली फौजका अगाडि अरब मुलुक ६ दिन मात्र टिक्न सके। इजरायलले इजिप्टको सिनाइ प्रायद्विप, जोर्डनको पश्चिमी किनारा र सिरियाबाट गोलान हाइट्स आफ्नो स्वामित्वमा लिन सफल भयो। त्यस्तै, १९७२ मा पनि इजरायलले अरु अरब मुलुकविरुद्ध युद्धमा होमियो। यो युद्धमा पनि इजरायलको जित भयो। यसरी छोटो समयमा नै इजरायलले दुई पटक अरब मुलुकविरुद्ध युद्ध लडेको छ।

हाल इजरायलमा हमासजस्ता प्यालेष्टाइनी आतंकवादी समूहले आक्रमण गर्दै आएका छन्। तर, पनि इजरायलले आफ्नो मुलुकलाई सुरक्षित मात्रै राखेको छैन, तीव्र गतिमा आर्थिक एवम् सामाजिक विकास पनि गरिरहेको छ।

अर्थतन्त्र स्वतन्त्रता पाएको केही वर्षसम्म इजरायलको अर्थतन्त्र निकै नै कमजोर थियो। बेरोजगारी र गरिबी व्यापक थियो। स्वतन्त्रता पाएदेखि इजरायलले आर्थिक रुपमा निकै नै संघर्ष गर्नुपरेको थियो। त्यसबेला इजरायलको अर्थतन्त्रको प्रमुख स्रोत विश्वका अन्य क्षेत्रमा रहेका धनाढ्य यहूदीहरुको चन्दा र सामान्य सहयोग थियो। तर, सन् १९५२ मा भने इजरायलको अर्थतन्त्रमा ठूलो प्रभाव पर्नेगरी पश्चिम जर्मनीसँग ठूलोस्तरको सम्झौता गर्यो।

सन् १९५२ मा इजरायलले तत्कालीन पश्चिम जर्मनीसँग हिटलरको शासन अवधिमा यहूदीविरुद्ध भएको नरसंहार र दमनको क्षतिपूर्ति दिनेगरी सम्झौता गरेको थियो। सम्झौताअनुसार पश्चिम जर्मनीले हिटलरको शासनकालमा ज्यादती व्यहोरेका यहूदीको उत्तराधिकारीका रुपमा इजरायललाई त्यसपछिको १४ वर्षसम्म ३ अर्ब मार्क उपलब्ध गराउने भयो।

सम्झौताअनुसार पश्चिम जर्मनीले हिटलरको शासनकालमा ज्यादती व्यहोरेका यहूदीको उत्तराधिकारीका रुपमा इजरायललाई त्यसपछिको १४ वर्षसम्म ३ अर्ब मार्क उपलब्ध गराउने भयो।

आर्थिक रुपमा संघर्षरत इजरायलका लागि यो ठूलो उपलब्धि थियो। त्यसपछिका दशकमा इजरायल अमेरिकाको आर्थिक सहयोगमा निर्भर रह्यो। आर्थिक राजनीतिक तथा कूटनीतिक रुपमा अमेरिकाबाट भरपर्दो सहयोग प्राप्त गर्ने भएकाले इजरायल सो क्षेत्रमा अमेरिकाको सबैभन्दा महत्वपूर्ण साझेदारको रुपमा स्थापित भयो।

त्यसयता अरब मुलुकसँग भएको युद्धका क्रममा पनि अमेरिकाले इजरायललाई सैनिक, आर्थिक र कूटनीतिक सहयोग गर्दै आएको छ। इजरायलमा अमेरिकी सहयोगले अझै पनि निरन्तरता पाइरहेको छ।

यसरी प्राप्त पैसालाई इजरायलले भौतिक पूर्वाधार, उद्योग, कृषि र विकासका परियोजनाका क्षेत्रको विकासमा खर्च गर्यो। त्यसबाहेक इजरायलले वैदेशिक मुलुकबाट समेत ठूलो मात्रामा लगानी भित्र्याउन सफल भयो। यसले इजरायललाई स्वावलम्बी मुलुकको रुपमा स्थापित गरायो।

विश्वका अनेक क्षेत्रबाट इजरायल आएका यहूदीहरुको बहुआयामिक सीप र क्षमताका कारण इजरायलमा विविध क्षेत्रका उद्योगरु स्थापित भए। त्यस्तै, इजरायलका कृषि, व्यापार, अत्याधुनिक प्रविधि र वित्तीय क्षेत्र पनि सबल हुँदै गए।

विश्वका अनेक क्षेत्रबाट इजरायल आएका यहूदीहरुको बहुआयामिक सीप र क्षमताका कारण इजरायलमा विविध क्षेत्रका उद्योगरु स्थापित भए।

हाल इजरायल विश्वमा अतिविकसित मुलुकको स्तरमा आइपुगेको छ। इजरायलीहरुको प्रतिव्यक्ति आय अन्य विकसित पश्चिमा मुलुकको हाराहारीमा छ भने शिक्षा, स्वास्थ्य, कृषि, टेक्सटायल, ठूला उद्योग, हतियार तथा सैनिक उपकरणको क्षेत्रमा पनि इजरायलको नाम अगाडि आउने गरेको छ।

इजरायलको तेल अभिभ सहर इनोभेसन र स्टार्टअप व्यवसायका लागि अमेरिका क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीपछि दोश्रो स्थानमा आउँछ। अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको यहाँको लोक कल्याणकारी व्यवस्था पनि उत्तिकै मजबुत छ। त्यस्तै, यहाँको विश्वविद्यालय स्तरको शिक्षा क्षेत्र पनि विश्वमै प्रभावशाली मानिन्छ। यहाँ अमेरिका र चीनपछि अमेरिकी शेयर बजार नाज्डाकमा दर्ता भएका बहुराष्ट्रिय कम्पनी सञ्चालित छन्।

हरेक वर्ष हजारौं नेपाली पनि इजरायलमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। छोटो समयमा नै इजरायलले गरेको प्रगति नेपालसहितका विकासशील मुलुकका लागि उदाहरणीय छ।