फोटो फिचर

अनमोल र सुहानाको जोडी (फोटो फिचर)

By कुबेर डंगोल

April 09, 2022

काठमाडौँ – अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्म  ‘ए मेरो हजुर ४’ यही वैशाख १ गते नयाँ वर्षकै दिन प्रदर्शनमा आउँदै छ ।

यसै फिल्मको पछिल्लो सिरिजबाट अनमोलसँग सुहानाको जोडी बाँधिएको हो । त्यसयता दर्शकको प्रिय जोडीका रुपमा अनमोल र सुहाना प्रस्तुत हुँदै आएका छन् । फिल्मकै सिलसिलामा यी दुईको भेटघाट भएको थियो ।

फिल्मकी निर्देशक तथा सुहानाकी आमा झरना थापाले अनमोललाई फिल्ममा फाइनल गरेपछि सुहानाको नाम दिएकी थिइन् । फिल्म मेकिङ्गमा रुचि भएकी सुहानाले फिल्मको न्युजले पाएको हाइपले हेर्दा फिल्म गर्न तयार भएकी हुन् ।

‘ए मेरो हजुर ३’ मा पहिलो पटक देखिदा नै दर्शकको प्रिय बनेपछि अनमोलले सुहानासँग जोडी दोहोर्‍याएका हुन् । यिनै अनमोल र सुहानाले खबरहबका लागि फोटो पत्रकार कुवेर डंगोलसँग फोटोशुट गराएका छन् ।