देश/प्रदेश

मेलौलीका टोलहरुमा विद्युत् सेवा सुचारु हुँदै

By खबरहब

April 09, 2022

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३ का टोलहरुमा विद्युत सेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत् सुचारु भएकोमा शुक्रबार थप ट्रान्सफर्मर राखिएसँगै गाउँ टोलहरुमासमेत विद्युत् सुचारु भएको छ ।

गाउँमा विद्युत् सुचारु भएसँगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मान बहादुर चन्दले बताए । विद्युत् पुगेकाले बत्ती बाल्नुका साथै मोबाइल चार्ज गर्न, टिभी तथा कम्प्युटर चलाउन सहज हुने उनले बताए ।

गाउँमा विद्युत् विस्तार भयसँगै नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानीयवासीले फुल मालाले सम्मान गरेका छन् ।

मेलौली २ र ३ का टोलहरुमा विद्युत् विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए ।