तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

लुहान्स्कबाट सुरक्षित स्थानमा जान स्थानीयलाई युक्रेन सरकारको आह्वान

By खबरहब

April 09, 2022

काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ ।

सो क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी फौज परिचालन भएको जनाइएको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत बासिन्दा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

 रुसले पूर्वी युक्रेनको डोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

डेढ महिनाअघि रुसी फौजले डोनबास क्षेत्रलाई ‘मुक्त गर्न’ भन्दै युक्रेनमा ‘विशेष सैनिक कारवाही’ को घोषणा गरेको थियो ।

यद्यपि युक्रेनमा जारी रुसी आक्रमण सुस्त भएसँगै रुसले अब आफ्नो सैनिक गतिविधिलाई पूर्वी युक्रेनतर्फ केन्द्रित गर्ने जनाएको छ ।