फाइल फाेटाे

राजनीति

‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला

By खबरहब

April 09, 2022

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् ।

शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् ।

उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै सबैभन्दा बढी खर्च पछिल्लो पटक भएको बताए । पहिलो पटक ८० हजार, दोश्रो पटक तीन करोड र तेश्रो पटक ६ करोड खर्च गर्नुपरेको उनले स्मरण गरे ।

कोइराला नवलपरासी क्षेत्र नं. १ बाट तीन पटक निर्वाचित भइसकेका छन् ।

अबको चुनाव झन् कत्ति लाग्ला भनेर उनले चिन्ता जाहेर गरे । नवलपरासीमा कांग्रेसका अरु कोही लड्न तयार भए आफू छाड्न तयार रहेको पनि उनले बताए ।

चुनाव खर्च घटाउनुपर्ने उनकाे भनाइ थियाे ।