तस्वीर- पीटीभी/स्क्रिनग्राब

अन्तर्राष्ट्रिय

पाकिस्तानी संसद्‍मा अझै प्रधानमन्त्रविरुद्ध अविश्वासको प्रस्तावमा मतदान भएन

By खबरहब

April 09, 2022

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि अझै मतदान हुन सकेको छैन ।

सर्वोच्च अदालतको आदेश अनुसार शनिबार बिहान साढे १० बजे संसद्को बैठक बसेर खानविरुद्धको अविश्वासमा मतदान हुने कार्यक्रम थियो ।

यद्यपि साढे १० बजे संसद्को बैठक बसेको केही समयमा नै साढे १२ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

सांसद शाजिया सोबियाकी आमाको निधन भएको भन्दै केही समयलगत्तै बैठक साढे १२ बजे बस्नेगरी सारिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

साढे १२ बजे बस्ने भनिएपनि बैठक निकै ढिलागरी शुरु भएको थियो । हाल प्रधानमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।