तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चीनको राजनीतिक नेतृत्व तहमा महिला सहभागिता न्यून

By खबरहब

April 09, 2022

काठमाडौं– अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगले प्रतिवेदन सार्वजनिक गर्दै चीनको शीर्ष राजनीतिक स्थानमा महिलाको प्रतिनिधित्व सीमित रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघको सन् २०२१ को तथ्यांक अनुसार चीनमा महिलाको संख्या १० करोड ३८ लाख छ भने पुरुषको संख्या ७४ करोड ४ लाख छ । यसअनुसार चीनमा महिलाको संख्या कूल जनसंख्याको ४८ प्रतिशत छ ।

तर, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा भने केबल ३० प्रतिशत मात्र महिला सदस्यता रहेको जनाइएको छ । त्यसमाथि चीनको राजनीतिक नेतृत्व तहमा भने केबल ८ प्रतिशत मात्रै महिला सहभागिता रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व तहमा मात्रै नभएर अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि महिलाको पहुँच र प्रतिनिधित्व कम रहेको उक्त रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार हाल ३१ चिनियाँहरुले विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुको नेतृत्व गरिरहेका छन्, जसमध्ये केबल ४ जना महिला छन् ।

(एएनआईबाट)