प्रतिकात्मक तस्वीर- न्यू योर्क टाइम्स

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मार्च महिनामा पत्रकारमाथि दुर्व्यवहारका २२ घटना

By खबरहब

April 09, 2022

काठमाडौं– मार्च महिनामा अफगानिस्तानमा पत्रकारहरुमाथि हिंसाका २२ घटना भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

अफगानिस्तानको पत्रकार एवम् मिडिया महासंघ (एएफजेएम) ले सार्वजनिक गरेको तथ्यांकमा पत्रकारमाथि मार्च महिनामा २२ हिंसात्मक घटना भएको देखिएको हो ।

यही अवधिमा ८ सञ्चारगृहहरु आर्थिक कारणले बन्द हुन पुगेको महासंघको प्रतिवेदनमा उल्लेख छ । ‘मार्च महिनामा पत्रकारविरुद्ध हिंसात्मक घटनाका २२ उजुरी परेका छन् । पत्रकारलाई दुर्व्यवहार गरेको एक उजुरी परेको छ ।

केही उजुरी पत्रकारलाई बन्दी बनाइएको विषयमा पनि परेका छन् ।’ महासंघका सदस्य अली अजगर अकबरजादालाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएको छ ।

यता तालिबानले भने असमझदारीका कारण केही पत्रकारलाई बन्दी बनाइएको प्रतिक्रिया दिएको छ । तालिबानको इस्लामिक इमिरेटका उपप्रवक्ताले टोलो न्युजलाई भने- ‘केही शाब्दिक वा शारीरिक विवाद हुनसक्छन्, यसका धेरै पाटा छन् । असमझदारीले पनि यस्तो हुन्छ ।’