राजनीति

भरतपुरमा कांग्रेसकै उम्मेदवार रहने डा. कोइरालाको भनाइ

By खबरहब

April 09, 2022

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय चुनावमा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसकै उम्मेदवार रहने बताएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा भरतपुरबाट माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् ।

यसपटक भने कांग्रेसको उम्मेदवार चुनावी मैदानमा उत्रिने डा. कोइरालाले बताएका हुन् ।

पार्टीको जिल्ला कार्यसमिति चितवनले भरतपुर कांग्रेसलाई दिने भए अन्यमा चुनावी तालमेल हुनसक्ने निर्णय गरेको थियो ।

अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल भएपछि नेपाली कांग्रेसले दाहाललाई मत दिएको थियो ।

यसपटक भने नेपाली कांग्रेसले यो सिटमा दाबी गर्दै आएको छ ।