ब्रेकिङ स्टोरी

आरजुप्रति ओलीको कटाक्ष– ‘विकास बजेट पठाउँदिनँ भन्ने तिनको माइतीको पेवा हो’

By खबरहब

May 09, 2022

पोखरा– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् ।

पोखरामा आज भएको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवापत्नी आरजु देउवाप्रति कटाक्ष गर्दै बजेट पठाउँदिनँ भन्न नपाइने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिनँ भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’

केही दिनअघि डडेल्धुरामा आयोजित चुनावीसभामा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन् । ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।