तस्वीर- क्यान

क्रिकेट

जिम्बाब्वे ‘ए’ द्वारा नेपाललाई २ सय १४ रनको लक्ष्य

By खबरहब

May 09, 2022

काठमाडौं– एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ टोलीले २ सय १४ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १३ रन बनायो ।

जिम्बाब्वेका लागि तडिवानासे मरुमनीले  ५० र कुडजाइ मौन्जेले ३९ रन बनाए । नेपालका लागि किशोर महतोले ५, सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करन केसीले १–१ विकेट लिए ।

लगातार वर्षाका कारण मैदान भिजेपछि ५० ओभरको खेललाई ३३ ओभरमा सिमित गरिएको थियो । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ टोलीसँग ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ९ विकेटले पराजित गरेको थियो ।