मनोरञ्जन

राजेश ‘मायाको माया’ फिल्म गर्दै 

By खबरहब

May 09, 2022

काठमाडौँ– अभिनेता राजेश हमालले नयाँ फिल्म ‘मायाको माया’ मा साइन गरेका छन् ।

अनुपविक्रम शाही र आना शर्मा अनुबन्ध भएको फिल्ममा हमाल एक महिना अगाडि अनुबन्धित भएका हुन् । रोहित करण वैद्यको निर्देशन रहने फिल्म ‘मायाको माया’ १५ देखि २० दिनमा छायांकन सक्ने गरि तयारी भइरहेको बुझिएको छ । फिल्म पनि लगभग ८० प्रतिशत अंग्रेजी भाषामा रहने बुझिएको छ । फिल्मका लागि हमालले १० दिनको समय छुट्याएका छन् । 

फिल्म छायांकन काठमाडौँ आसपास र गोसाइँकुण्डमा हुने छ । फिल्म चुनावलगत्तै छायांकनमा जाने बताइएको छ ।