प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा पानीको अभाव बढ्दै

By खबरहब

May 09, 2022

काठमाडौं– अबको ५ वर्षमा पाकिस्तान जल संकटबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा दशौँ नम्बरमा पुग्ने प्रक्षेपण गरिएको छ ।

पाकिस्तानमा देखिएको जल संकटको व्यवस्थापन हुन नसकेको खण्डमा आगामी ५ वर्षमा पाकिस्तान पानीको अभावबाट प्रभावित मुलुकहरुको सूचीमा दशौँ नम्बरमा पुग्ने प्रक्षेपण गरिएको हो ।

छैटौँ दिगो विकास लक्ष्यका विषयमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका प्रतिनिधि मुनिर अक्रमले विश्वमा पाकिस्तान पानीको अभावबाट प्रभावित मुलुकहरुको सूचीमा दशौँ नम्बरमा पुग्ने जनाएका हुन् ।

उनले विश्वव्यापी मौसम परिवर्तनका कारण पाकिस्तानमा जल संकट देखिएको समेत बताए ।

उनले हाल पाकिस्तान जल संकटबाट धेरै नै प्रभावित भएको समेत स्वीकार गरेको पाकिस्तानी टेलिभिजन च्यानल एआरवाईले जनाएको छ ।

जल संकट समाधानका लागि ५ चरणमा पहल हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार वित्तीय क्षेत्र, डेटा तथा सूचना, क्षमता विकास, नवप्रवर्तन र शासनबाट पहल भएको खण्डमा जल संकट समाधान हुनेछ ।