फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

प्रदर्शनकारी सँगको झडपपछि श्रीलंकामा सांसदको शव फेला

By खबरहब

May 09, 2022

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनपछि एकजना सांसदको शव फेला परेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीबीच भएको झडपपछि सत्तारुढ दलका सांसद अमराकीर्ति अथुकोरालाको शव फेला परेको हो ।

हिंसात्मक झडपका क्रममा अरु दर्जनौँ घाइते भएको जनाइएको छ । प्रदर्शनकारीले आफ्नो कार घेराउ गरेपछि उनले गोली चलाउँदा दुई जना घाइते भएका थिए । त्यसपछि भागेर नजिकैको भवनमा जाने क्रममा उनी मृत फेला परेका थिए ।

यसअघि राजधानी कोलम्बो लगायतका स्थानमा सरकार समर्थक प्रदर्शनकारी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप भएको थियो । झडप पछि मुलुकभर कर्फ्यू फ्र्यू जारी गरिएको थियो । कर्फ्यू लागेकै बखत प्रधानमन्त्री महिन्दा राजपाक्षेले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका बीच श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चर्किँदै गएका छन् ।