देश/प्रदेश

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

By खबरहब

June 09, 2022

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आङ्कलन गरिएको छ ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।