फाइल फोटो

देश/प्रदेश

आज यी क्षेत्रका खोलानदीमा बाढीपहिरोको जोखिम

By खबरहब

June 09, 2022

काठमाडौँ- नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ ।

तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घण्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।