तस्बिर : नेपाल न्युज बैंक

फोटो फिचर

श्रीकालीचौरमा केकी र आँचलको ‘झिँगेदाउ’ गीत (फोटो फिचर)

By खबरहब

June 09, 2022

काठमाडौँ– कमब्याकको तयारीमा रहेका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’ को गीतलाई ललितपुरको भैँसेपाटीस्थित श्रीकालीचौरमा खिचेका छन् । ‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्म छायांकन पनि सकिनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट फिचर्ड छन् ।

डेढ दशकअगाडि व्यवसायिक सफल फिल्म निर्देशकका रुपमा चिनिने ज्ञानेन्द्र केही समय यता भने निर्देशनबाट टाढिएका थिए। तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गर्दैछन् । महिला विषयवस्तुमा केन्द्रित फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो। फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन रहेको छ।