राजनीति

फोहोर सङ्कटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल (भिडियो)

By खबरहब

June 09, 2022

काठमाडौँ- एमाले सांसद भीम रावलले काठमाडौँमा फोहोर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौँमा फोहोर नउठेर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौँमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर सङ्कट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ ।

‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ ।