तस्वीर- क्यान

क्रिकेट

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने

By खबरहब

June 09, 2022

काठमाण्डौँ- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ मा हार व्यहोरेको नेपालको १२ अङ्क रहेको छ । ३३ खेलमा १९ मा जित निकालेको ओमान ४० अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

२८ अङ्कसहित यूएई तेस्रो र २० अङ्कसहित अमेरिका चौथो स्थानमा रहेको छ । १४ अङ्कसहित नामिबिया पाँचौँ स्थानमा छ भने २ अङ्कसहित पीएनजी पुछारमा छ ।