प्रतिकात्मक तस्वीर

अन्य

एमबीबीसको अध्ययन शुल्क बढ्यो, बीडीएस र बीएससी नर्सिङको कति ?

By खबरहब

June 09, 2022

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका लागि नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको बैठकले चिकित्सा शिक्षाका विभिन्न विषयहरुमा शुल्क बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निर्धारण गरेअनुसार काठमाडौं उपत्यकामा एमबीबीसएस अध्ययन गर्न ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ ।

अघिल्लो शैक्षिक सत्रमा भने उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको थियो ।

त्यस्तै, उपत्यकाबाहिर एमबीबीएस अध्ययन शुल्क पनि बढेको छ । यसअघिको शैक्षिक सत्रमा उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएकोमा यो वर्ष बढाएर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी बीडीएसको अध्ययन शुल्क पनि बढाइएको छ । अघिल्लो शैक्षिक सत्रमा बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क लाग्दै आएकोमा यो वर्ष २० लाख ९२ हजार २ सय ९० रुपैयाँ नयाँ शुल्क कायम गरिएको छ ।

बीएससी नर्सिङको अध्ययन शुल्क पनि बढेको छ । अघिल्लो शैक्षिक सत्रमा बीएससी नर्सिङको अध्ययन शुल्क १० लाख रहेकोमा यो वर्ष १० लाख ३६ हजार पुर्‍याइएको छ ।