अपराध

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

By खबरहब

June 09, 2022

काठमाडौँ- युरोपेली मुलुक क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं बालाजुको माछापोखरीबाट ३६ वर्षे उत्सव दाहाललाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

मोरङ जिल्ला विराटनगर महानगरपालिका २० घर भई हाल काठमाडौं महानगरपालिका १० मा बसोबास गर्ने उनले अजय वाइबालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि विभागको कार्यालय बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।