आर्थिक

धनुषाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्सबीच बीमा सेवाबारे सम्झौता

By खबरहब

June 09, 2022

काठमाडौँ- धनुषा जिल्लाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवाबारे सम्झौता भएको छ ।

गाउँपालिकाका अध्यक्ष राम आषिश महतो र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीबीच बीमा व्यवसायका सेवा लिने तथा लिने गरी सम्झौता भएको हो ।

नेपाल सरकारको बीमा नीति अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाृने उद्देश्य अनुसार सम्झौता सम्पन्न भएको जनाइएको छ ।