तस्वीर- क्यान

क्रिकेट

आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै

By खबरहब

June 09, 2022

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ मा हार व्यहोरेको नेपालको १२ अङ्क रहेको छ । ३३ खेलमा १९ मा जित निकालेको ओमान ४० अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

२८ अङ्कसहित यूएई तेस्रो र २० अङ्कसहित अमेरिका चौथो स्थानमा रहेको छ । १४ अङ्कसहित नामिबिया पाँचौँ स्थानमा छ भने २ अङ्कसहित पीएनजी पुछारमा छ ।