समाचार

बानेश्वरमा सिलिन्डर विष्फोट गराएको आरोपमा पक्राउ परेका ४ जना पुर्पक्षका लागि थुनामा

By खबरहब

June 09, 2022

काठमाडौं– सिलिण्डर ग्यास विष्फोट गराएको आरोपमा पक्राउ परेका चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

यसअघि वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा राजधानी काठमाडौँमा सिलिन्डर विष्फोट गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षकाका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरू गोरखाको लखन गाउँपालिका-५ घर भएका काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका- ९ घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका- ५ टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ घर भएर भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षिय भरतकुमार राई रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ परेका उनीहरूलाई प्राप्त प्रमाणका आधारमा अदालतमा उपस्थित गराइएको थियो ।