तस्बिर : बीबीसी हिन्दी

अन्तर्राष्ट्रिय

आँधीका कारण अमरनाथमा १५ जनाको मृत्यु, ४० बेपत्ता

By खबरहब

July 09, 2022

नयाँ दिल्ली – भारत प्रशासित जम्मु कश्मीरको अमरनाथ मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बेलुकी साढे पाँच बजे अकस्मात् आँधी र वर्षा सुरु भएको थियो ।  घाइतेहरूलाई अस्पताल पुर्‍याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।