आर्थिक

मधेश प्रदेश सरकारको बजेट आज पारित गरिने

By खबरहब

July 09, 2022

काठमाडौँ – मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज पारित गरिने भएको छ।

शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै आज पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि गत असार १ गते ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए।