बलिउड/हलिउड

अक्षयको फिल्म लन्डनबाट सुरु

By खबरहब

July 09, 2022

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारले लन्डनमा फिल्म सुरु गरेका छन् । पञ्जाबीको भूमिका निर्वाह गर्ने फिल्मलाई वाशु भग्नान्नीले निर्माण गर्दै छन् ।

अक्षयले वाशुको कम्पनी पूजा इन्टरटेनमेन्टसँग वेल वटम, सिन्ड्रेलामा काम गरिसकेका छन् । यो उनीसँग तेस्रो सहकारी हुनेछ । फिल्मको छायांकन भएसँगै अक्षयको लुक्स बाहिरिएको छ । जहाँ उनी पञ्जाबी अधवैशेको लुक्समा देखिएका छन् ।

भारतबाट लन्डन पुगेको पञ्जाबीको कथामा फिल्म रहेको अनुमान लगाउन सकिन्छ । फिल्मलाई टिनु सुरेश देशाइले निर्देशन गरेका छन् । टिनुले अक्षय अभिनीत रुस्तमको निर्देशन गरिसकेका छन् ।

अक्षयको हालै रिलिज भएको फिल्म ‘सम्राट पृथ्वीराज’ असफल भएपछि उनले आउँदो प्रोजेक्टमा धेरै ध्यान दिन थालेका छन् । उनी दर्शकको इच्छा बाहेकको फिल्म नगर्ने मुडमा छन् । केही समय यता उनलाई पारिश्रमिककै लागि फिल्मको संख्या बढाइरहेको आरोप लागिरहेको छ ।