समाचार

राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट

By खबरहब

July 09, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज ट्विट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी हुन् । यस दुःखद घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनासमेत प्रकट गरेकी छिन् ।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।