बलिउड/हलिउड

यस कारण भएन अभिषेकसँग ईशाको विवाह 

By खबरहब

July 09, 2022

काठमाडौँ- बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन् । उनको सुन्दरताकै कारण जोकोही उनलाई ‘ड्रिम गर्ल’ मान्दछन् । अभिनेत्री धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन् ।

हेमा ईशाले आफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन् । उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन् । हेमा र अमिताभले कैयौँ फिल्ममा सहकार्य गरेका छन् । अमिताभ हेमाका राम्रो साथी पनि हुन् । त्यही कारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थिन् ।

हेमा अभिषेकलाई नजिकबाट चिन्थिन् । किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए । जुन कुराबाट हेमा प्रभावित थिइन् । तर, हेमाले सोचे जस्तो भइदिएन । ईशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्, त्यही कारण पनि उनले विवाहलाई अस्वीकार गरिन् । किनकि ईशा अभिषेकलाई एक भाइको रूपमा हेर्थिन् । यही कारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन् । त्यस कारण दुवैले आ-आफ्नो रोजाईको वरसँग विवाह गरे।